ठूला आयोजना विवाद अब प्रधानमन्त्रीकहाँ लगिने

पत्रपत्रिकाबाट

बुधबार, १४ चैत्र २०७४, ०७ : ४९
ठूला आयोजना विवाद अब प्रधानमन्त्रीकहाँ लगिने

काठमाडौं । ठूला आयोजना सम्बन्धमा उर्जा मन्त्रालय र लगानी बोर्डबीचको विवाद हटाउन उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्ने भएका छन् । उर्जा मन्त्रालयमा मंगलबार बोर्ड पदाधिकारीसँगको भेटमा मन्त्री पुनले सहजीकरणका लागि प्रधानमन्त्रीसँग परामर्श गर्ने बताएका हुन् ।

५ सय मेगावाटभन्दा ठूला आयोजना आफ्नो क्षेत्राधिकार भएको भन्दै बोर्डले त्यस्ता आयोजनासम्बन्धी फाइल माग्दै केही दिनअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पत्राचार गरेको थियो ।
बोर्ड र उर्जा मन्त्रालयबीच ठूला आयोजनासम्बन्धी विवाद रहँदै आएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

फागुन २५ गते प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसको बोर्ड बैठकले ५ सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजनामा बोर्डको क्षेत्राधिकार भएको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस