काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘तपाइँ किन ओलीकहाँ धाइरहनुभएको छ ? धाउनुपर्दैन । मिलेर सरकार बनाऔँ ।’
शनिबार राजधानीमा आयोजित बृहत नागरिक आन्दोलन’ को कार्यक्रममा नागरिकको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले महन्थ ठाकुरले सरकारको नेतृत्व गर्ने भए साथ र सहयोग गर्ने बताए । उनले भने, ‘हामी मिलेर अघि बढेको खण्डमा हप्ता दस दिनमा हाम्रो सरकार बन्छ, सरकारको नेतृत्व तपाइँले गर्दा पनि हुन्छ, यसमा हाम्रो साथ रहन्छ । तपाइँ नेतृत्व लिएर सबै माग पूरा गर्नुस् ।’
प्रचण्डले विगतका कुरा सम्झँदै मैले संसदमा दुई पटक संविधान संशोधनको प्रस्ताव लगेको हो तर प्रधानमन्त्री ओलीले त्यो पास हुन नदिएको आरोप लगाए । अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन नै गर्न नमान्ने ओलीसँग किन गइरहनुभएको छ, मैले बुझ्न सकेको छैन ।’ अध्यक्ष प्रचण्डले ओली नै संविधान संशोधनको बाधक भएको बताउँदै भने, ‘तपाइँहका माग पूरा गर्न तपाइँ आफैँ नेतृत्व लिएर अगाडि बढ्नूस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर