शुरु भयो जनकपुरमा महामुर्ख सम्मेलन, को होलान् त यस वर्ष महामुर्ख

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ११ : ३०
शुरु भयो जनकपुरमा महामुर्ख सम्मेलन, को होलान् त यस वर्ष महामुर्ख

file Photo

जनकपुर । मिथिला नगरी जनकपुरधाममा मनाइँने होली महोत्सवको प्रमुख आकर्षण मध्ये एक हो महामूर्ख सम्मेलन । विगत डेढ दशक देखि होली पर्वसँगै हुँदै आएको महामुर्ख सम्मेलनको तयारी यस वर्ष पनि गरिएको छ । महामूर्ख सम्मेलनमा महामुर्ख खोजीका लागि जानकी मन्दिरमा विशेष महोत्सव आयोजना गरिदैं छ ।

यस वर्ष महामुर्खको उपाधी कसले पाउने होला भनेर अड्कलबाजी समेत चल्न थालेको छ । यो महामुर्ख सम्मेलनबाट अहिले सम्म  प्रदेश २ का मुख्यमन्त्री देखि लिएर राजनीतिज्ञ, साहित्यकार लगायतकाले पाइसकेको उपाधि यस वर्ष कसले पाउने भन्नेमा चासो बढेको छ ।

महामुर्ख सम्मेलन आयोजना संस्था मिनापले यस वर्ष महामूर्ख सम्मेलनको प्रमुख अतिथि मह जोडीको नामले चिनिने हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई बनाएको छ।

मिनाप श्रोतका अनुसार नेपााली कला जगतको स्थापित नाम महजोडीलाई नै महामूर्खको उपाधी प्रदान गर्ने तयारी छ । जनकपुरधाममा २०६१ सालदेखि महामूर्ख सम्मेलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस