निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध

पत्रपत्रिकाबाट

शनिबार, १४ चैत्र २०७७, ०७ : ५७
निजामती कर्मचारीको पदपूर्ति अवरुद्ध

काठमाडौं । लोक सेवा आयोग पदाधिकारीविहीन भएपछि निजामतीका प्राविधिक तथा प्रशासनिक सेवाका चार हजारभन्दा बढी कर्मचारीको पदपूर्ति प्रक्रिया ठप्प भएको छ ।

कोरोना महामारीका कारण गत वर्षकै प्रक्रिया टुंग्याउन ढिलो भएकामा चालु वर्षको पदपूर्तिको विज्ञापनअनुसार प्रक्रिया अघि बढाउन नपाउँदै लोक सेवा पदाधिकारीविहीन भएको छ ।

यसबाट संगठित संघसंस्थाले लोक सेवाको संलग्नतामा प्रत्येक वर्ष गरिने पदपूर्ति पनि रोकिएको छ । पछिल्लो समय निजामती कर्मचारी, प्रहरी, सेना, संगठित संघसंस्थासहित १ सय १९ निकायमा कर्मचारीको भर्ना, बढुवा र आन्तरिक परीक्षामा लोक सेवाको संलग्नता रहँदै आएको खबर कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस