सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०८२, ११ : ४६
सिंहदरवार भित्रका कार्यालय सरसफाइमा जुट्न निजामती कर्मचारीको आग्रह

काठमाडौँ । निजामती कर्मचारीहरूले सिंहदरवार भित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक आह्वान गरेका छन् ।

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।

उनीहरूले आफ्नो समूहमा लेखेका छन्, ‘सिंहदरवार भित्रका सबै कर्मचारी सम्भव भएसम्म आ–आफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ ।’

प्रतिक्रिया दिनुहोस