काठमाडौंमा मास्क प्रयोग अनिवार्य

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, २० : ०८
काठमाडौंमा मास्क प्रयोग अनिवार्य

काठमाडौंमा मास्क प्रयोग अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार एक विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्यरुपमा प्रयोग गर्न सूचित गरेको हो । 

प्रशासनले मास्क प्रयोग नगर्ने तथा स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस