काठमाडौं । नेप्से परिसूचक बुधबार ४१.३० अंकले बढेको छ । प्री–ओपन समयमा २० प्रतिशतले बढेको शेयर बजार त्यसपछि विस्तारै–विस्तारै उकालो लागेको थियो ।
आज भएको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ताको किनबेचमा ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेपाल इन्फ्रास्ट्रकचर बैंक नीफ्रा को शेयर मूल्य ७ प्रतिशतले बढ्दै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा दरिएको छ । आज नीफ्राको शेयर कारोबार ६५ करोड रुपैयाँ बराबरको भएको छ ।
यसैगरी अपर तामाकोसीको शेयर कारोबार ४१ करोड रुपैयाँ बराबरको भएको छ । आज अपर तामाकोशीको शेयर मूल्य ३ प्रतिशतले घट्न पुगेको थियो ।
यसैगरी नेपाल बैंकको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्टको ९ प्रतिशतले बढेको छ भने चन्द्रगिरीको शेयर मूल्य साविक झै आज पनि ९ प्रतिशतभन्दा मथिले बढेको छ ।
आज हाइड्रो पावर समूहको परिसूचक बाहेक सबै समूहको उप–परिसूचक हरियो भएको छ । आज कारोबार रकम पनि अन्य दिनको तुलनामा बढ्न पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट