काठमाडौं । ट्राफिक प्रहरीले भोलिदेखि पठाओ सेवा सञ्चालन हुन नदिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि बुधबारदेखि पठाओ सेवा सञ्चालनमा रोक लगाएको जनाएको छ । ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै ट्राफिक प्रहरीले पठाओ चल्न नदिने जनाएको हो ।
पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह
काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल