बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले सरकारमा जान हतार नगरेको बताएका छन् ।
तर जिम्मेवारी आए नभाग्ने उनले बताए । कांग्रेसका दिवंगत नेता अशोक कोइरालाका परिवारलाई भेट्न विराटनगर आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमा जान हतार नगरेको बताए ।
पत्रकारहरुले भने सरकारमा कहिले जाने ? अविश्वासको प्रस्ताव कहिले आउँछ ? जस्ता प्रश्न गरेका थिए । देउवाले कांग्रेस विपक्षी दल भएको बताए ।
ओली सरकारलाई समर्थन गर्ने हो भन्ने प्रश्न सोधेपछि भने कांग्रेस सभापति देउवा रिसाए । उनले झेक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नु भएन ?’
त्यसपछि उनी ‘विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी जानुस्’ भन्दै उठेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ’: सभापति देउवा
शिक्षकको जायज माग पूरा गरौं : देउवा
चाडपर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा