काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिले ‘नेकपा’ विवादमा सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जाने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा कानुनविद् रामनारायण बिडारी, सम्भू थापा, मुक्ति प्रधानलगायत कानुनविद्सँग परामर्श गरेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
सर्वोच्चको फैसला पुनरावलोकनमा जाँदा उपयुक्त हुने बैठकमा कानुनविदले सुझाव दिएका थिए । नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसलामा मागदाबी भन्दा बढी, कतैबाट निर्देशित भएको आभास हुने भएकाले पुनरावलोकनमा जान सकिने उनीहरुको तर्क थियो ।
सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जानसमिने प्रतिक्रिया व्यक्त गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग