काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिले ‘नेकपा’ विवादमा सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जाने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा कानुनविद् रामनारायण बिडारी, सम्भू थापा, मुक्ति प्रधानलगायत कानुनविद्सँग परामर्श गरेपछि पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
सर्वोच्चको फैसला पुनरावलोकनमा जाँदा उपयुक्त हुने बैठकमा कानुनविदले सुझाव दिएका थिए । नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसलामा मागदाबी भन्दा बढी, कतैबाट निर्देशित भएको आभास हुने भएकाले पुनरावलोकनमा जान सकिने उनीहरुको तर्क थियो ।
सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जानसमिने प्रतिक्रिया व्यक्त गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै