जनवर्गीय संगठनमा पनि एमालेमा समानान्तर कमिटि

महिला, युवा संगठन पछि आज विद्यार्थी संगठनमा पनि माधव नेपाल पक्षले समानान्तर कमिटि बनाउने तयारी

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, ०७ : ३५
जनवर्गीय संगठनमा पनि एमालेमा समानान्तर कमिटि

काठमाडौं । सत्तारुढ दल एमालेमा समानान्तर संगठनात्मक संरचना निर्माण तिव्र हुँदै जान थालेको छ । प्रधानमन्त्री केपी ओलीले एकाधिकारवादी शैलीमा पार्टी कब्जा गर्ने नीति लिन थालेपछि माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले ओली विरुद्द अन्तरसंर्घष चर्काउने र स्थानिय तहसम्मै सबै कमिटिको संरचनागत समानान्तर संरचना निर्माण गरेर जाने निर्णय लिएपछि अहिले एमालेमा समानान्तर संरचना निर्माणले तिव्रता पाउन थालेको हो ।

यद्यपी ओलीले एमालेका नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई तीन दिनभित्र लिखित स्पष्टिकरण वुझाउन भन्दै पत्र बुझाएको छ । तर यो पक्षले उल्टै ओली पक्षलाई नै प्रतिस्पष्टिकरण सोध्ने निर्णय लिईसकेको छ ।

स्पष्टिकरणको संगतिपूर्ण नदेखिएकोले उल्टै प्रतिस्पष्टिकरण सोध्ने निश्र्कषमा रहेको माधव नेपाल र झलनाथ खनाल पक्षका विद्यार्थी संगठनले आज समानान्तर भेला आयोजना गर्न लागेका हुन् ।

दिउासो ११ बजे प्रज्ञा भवनमा अनेरास्ववियूको राष्टिय कार्यक्र्ता भेला खनाल नेपाल समहुका विद्यार्थीले बोलाएका छन् । ओली पक्षका विद्यार्थी नेता ऐन महरले भेलामा गए कारवाहीको चेतावनी दिएपनि खनाल नेपाल पक्षले त्यस्तो चेतावनीको कुनै प्रवाह गरेका छैनन । उनीहरुले आज नेता माधव नेपालको प्रमुख आतिथ्यमै विद्यार्थीहरुको समानान्तर भेला आयोजना गरेका हुन् ।

यस अगाडी नै यो पक्षले अखिल नेपाल मिहला संघ र राष्ट्रिय युवा संघको पनि भेला आयोजना गरेर समानान्तर कमिटि नै गठन गरिसकेका छन् । महिला संघमा जयन्ती राईलाई अध्यक्ष र शान्ति अधिकारीलाइृ खनाल नेपाल पक्षले महासचिव चयन गरेको छ भेलावाट । त्यस्तै राष्ट्रिय युवा संघमा नरेश शाहीलाइृ अध्यक्ष र दिपक जिएमलाई महासचिव चयन गरेको छ ।

अब विद्यार्थीमा पनि सोही अनुसार नै अध्यक्ष र महासचिव चयन गर्ने तयारीमा खनाल नेपाल पक्षका विद्यार्थीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस