काठमाडौं । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा समस्यामा परका छन् । चीन फर्कने ग्यारेन्टी नभएकाले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
विभिन्न विश्वविद्यालयका १ सय ५२ विद्यार्थीले इन्टर्नसिप सुनिश्चितताको माग गर्दै सोमबारदेखि नेपाल मेडिकल काउन्सिलमा धर्ना सुरु गरेका छन् ।
‘मेरो ४ महिना मात्र इन्टर्नसिप बाँकी छ, विश्वविद्यालय र दूतावासaले कहिले चीन बोलाउँछन्, थाहा छैन,’ छात्रा मिमांशु खतिवडाले भनिन्, ‘पढाइ पूरा गररे काम थाल्नुपर्ने बेला अनिश्चित भएर बस्नुपरेको छ ।’ उनका अनुसार ३ देखि १० महिनासम्म इन्टर्नसिप अवधि बाँकी भएका छात्रछात्रा बिचल्लीमा परेका छन् ।
गत वर्ष चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी फागुनमा स्वदेश फर्किएका थिए । एमबीबीएस पढाइको अन्तिम एक वर्ष इन्टर्नसिप गर्नुपर्ने हुन्छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १० चैत्र २०७७, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्
कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
स्मार्ट ट्याबमा पढ्दै रामतुलसी माविका विद्यार्थी