पुस्तकमा कर हट्यो, आयात पनि घट्यो

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, १५ : ४६
पुस्तकमा कर हट्यो, आयात पनि घट्यो

सांकेतिक तस्वीर

काठमाडौँ । सरकारले पुस्तकमा लागाएको भन्सार महसुल हटाएपछि पुस्तकको आयात बढ्ने अनुमान गरिएपनि त्यस्तो हुन सकेन, पुस्तक आयात घटेको छ । 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा पुस्तकको आयात ३८ लाख थानभन्दा बढीले घटेको र सोको रकम १७ करोड ८ लाख रुपैयाँ भन्दा धेरै हुने भन्सार विभागले जनाएको छ । 

तीब्र आलोचना र विरोधपछि गत असोजमा सरकारले पुस्तकमा लगाएको १० प्रतिशत भन्सार महसुल हटाउने निर्णय गरेको थियो ।

चालु आवको फागुनसम्म २२ करोड १८ लाख रुपैयाँ बराबरको २५ लाख ९५ हजार थान मात्रै पुस्तक आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष सोही अवधिमा ३९ करोड २६ लाख रुपैयाँ भन्दा धेरैको ६३ लाख ५७ हजार थान पुस्तक आयात भएको थियो । 

प्रतिक्रिया दिनुहोस