राष्ट्रपति भण्डारी आज बङ्गलादेशजादैं, यी विषयमा हुदैछन सम्झौता

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, ०७ : ४१
राष्ट्रपति भण्डारी आज बङ्गलादेशजादैं, यी विषयमा हुदैछन सम्झौता

काठमाडौं । बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदको २ दिने मैत्रीपूर्ण निमन्त्रणा स्वीकार गदै राष्ट्रपति विद्यादेवी भण्डारी आज बंगलादेश जादैछिन् । अहिले विहान साढे ८ वजे उनी नेपाल एअरलाइन्सको चार्टड विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनको भ्रमण टोली ५४ जनाको हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भण्डारीसागै राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी रहनेछन् ।

त्यसैगरी, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा रहेने परराष्ट्रमन्त्रालय स्रोतले बताएको छ ।

भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी समेत सहभागी हुनेछन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारी आज त्यसतर्फ जान लागेकी हुन् ।

उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् । त्यहाँ उनलाई बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

उनी दुई दिने भ्रमणमा त्यसतर्फ लाग्न लागेकी हुन् । भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन् ।

उनले आजै बंगलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भण्डारीको वंगलादेश भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर समेत हुने तय भएको परराष्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस