काठमाडौं । रोजगारीका लागि युवा विदेश जाने मात्र होइन स्वदेश फर्केर नयाँ व्यवसाय सञ्चालन गर्ने क्रम पनि बढिरहेका छन । लामोसमय वैदेशिक रोजगारीमा रहेर फर्केकाहरू स्वदेशमै काम गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सञ्चालन गरिरहेका छन्।
नेपालमा राम्रो सम्भावना भएका र केही नयाँ खालका व्यवसाय सञ्चालनमा गरिरहेका हुन्। सामूहिक र व्यक्तिगत रूपमा आफ्नै ठाउँमा उत्पादनशील काममा वैदेशिक रोजगारीबाट फर्केकाहरू सक्रिय भइरहेका छन्। विदेशबाट फर्किएकाहरूले चिस्यान केन्द्र, सहकारी, पशुपालन, तरकारी खेती, क्लिनिङ कम्पनी, प्रशोधन केन्द्र, ब्युटीपार्लर, फर्निचर लगायतका व्यवसायलाई नयाँ ढङ्गले अगाडि बढाइरहेका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका दुई सय जनाले सामूहिक रूपमा नवलपुरमा चिस्यान केन्द्र निर्माण गरिरहेका छन्। २० करोड लागनीमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । फरक–फरक तापक्रमको व्यवस्था भएको तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भइरहेको हो। रिटर्नी कृषि तथा पशुपालन लिमिटेडअन्तर्गत चिस्यान केन्द्र निर्माण भइरहेको हा े। गोरखापत्रमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ चैत्र २०७७, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ महिनामा विदेशबाट नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
विदेशमा अध्ययनरत नेपालीबाट बाहिरियो करिब ४३ अर्ब
किन सधैँ विमान विदेश डाइभर्ट ?
विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड
‘भिजिट भिसा’ मा विदेश जाने महिलाको सङ्ख्यामा वृद्धि