प्रतिनिधिसभा बैठकमा आज के के हुन्छ  ?

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १० : २५
प्रतिनिधिसभा बैठकमा आज के के हुन्छ  ?

काठमाडौं । संसद बैठक आज बोलाईएको छ । प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसदलाई सर्वाेच्च अदालतले पूर्नस्थापित गराईदिएपछि गत फागुन २३ गतेबाट संसदको बैठक अधिवेशन शुरु भएको हो । तर प्रधानमन्त्री केपी ओलीले अझै पनि संसदलाई चल्न नदिने र यस्तै लिङगरिङ बनाएर पंगु बनाउदै पून विघटनकै रोलमोडेलमा काम गर्न खोजेका कारण संसदको जारी अधिवेशन प्रभावकारी रुपमा चल्न सकिरहेका छैनन् । 

ओलीले संसद पंगु बनाउन खोज्दै सभामुखसँगको अन्तरसंघर्ष चर्काउन चाहेका छन् । त्यही कारण उनले राष्ट्रपति मार्फत सर्वदलीय बैठकको आयोजना गराई त्यहाँ फेरि संसद विघटनको दिशामा जान सक्ने र चुनाव नै अहिलेको निकास भएको भनेर आफनो सत्ता लम्ब्याउने अर्काे चालबाजी फेरि रच्न थालेका छन् । त्यही कारण पनि संसदको बैठक खास एजेण्डामा प्रवेश गर्न पाईरहेको छैन् । 

आज पनि संसद वैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । प्रधानमन्त्री केपी ओली संसद भवन पुगेपनि संसदको बैठकमा अहिलेसम्म सहभागी छैनन् । उनले विघटन गरेको प्रतिनिधीसभा सर्वाेच्चले पूनस्थापना गरेपछि अहिलेसम्म तीन पटक संसदको बैठक बसेको छ । तर ओली कुनै पनि बैठकमा सहभागी भएका छैनन् । ओलीले कुन मुखले आफैंले विघटन गरेको र अझै पनि सर्वाेच्चले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताईसक्दा पनि विघटनकै रटानमा लागिरहेका ओली संसद बैठक कक्षभित्र छिर्लान् ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

प्रधानमन्त्री केपी ओली संसद भवन पुगेपनि संसदको बैठकमा अहिलेसम्म सहभागी छैनन् । उनले विघटन गरेको प्रतिनिधीसभा सर्वाेच्चले पूनस्थापना गरेपछि अहिलेसम्म तीन पटक संसदको बैठक बसेको छ । तर ओली कुनै पनि बैठकमा सहभागी भएका छैनन् । ओलीले कुन मुखले आफैंले विघटन गरेको र अझै पनि सर्वाेच्चले प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताईसक्दा पनि विघटनकै रटानमा लागिरहेका ओली संसद बैठक कक्षभित्र छिर्लान् ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

आजको बैठकमा दोश्रो तहका नेताहरुले संसदमा आफ्नो पार्टीका तर्फबाट धारणा राख्ने क्रम शुरु हुने सम्भावना रहेको बताईएको छ । विगतमा संसदको अधिवेशन शुरु भएकै दिन नेताहरुले आ–आफनो पार्टीका तर्फबाट मन्त्ब्य राख्ने प्रचलन रहिआएको थियो । तर यसपटक सत्तारुढ दल भित्रै आएको विभाजन, सर्वाेच्चले अधिवेशनकै मुखमा नेकपाको एकता बदर गरेर एमाले र माओवादी ब्यूँताईदिएको घटनाक्रम, सभामुख र प्रधानमन्त्रीका बीचमा बढेको अविश्वास र टसल आदी कारणले त्यो प्रचलन तोडिएको छ ।

वैठकमा अधिवेशन नहुँदा सरकारले ल्याएका अध्यादेशहरु अधिवेशन शुरु भएकै दिनमा प्रस्तुत गर्नुपर्ने सम्वैधानिक ब्यवस्था भएपनि त्यो पनि पेश हुन सकेका छैनन् । आजको बैठकमा भने दलले सिफारिस गरेका नेतालाई संसदको बैठकमा बोल्न दिने गरी कार्यक्रम तय गरिएको बताएका छन् । त्यसो हुदा सरकारको नेतृत्व गरिरहेको एमालेबाट पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दलका तर्फबाट पनि दलले सिफारिस गरेका नेताहरुले संसद बैठकलाई सम्बोधन गरेपछि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि राष्ट्रियसभाका पूर्व सदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि संसद् सचिवालय तय गरेको छ ।

कोइराला २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ को पूर्नस्थापित प्रतिनिधीसभा सदस्य, २०७० को प्रतिनिधीसभामा समानुपातिक तर्फका निर्वाचित सदस्य थिए । उनको ७१ वर्षको उमेरमा चैत ४ गते राती उपचारका क्रममा निधन भएको थियो । यो शोक प्रस्तावलाई आज पारित गर्ने मात्र कार्यसूचीमा रह्यो भने दलका दोश्रो तहका नेताहरुको सम्बोधन अर्काे बैठकमा सर्ने सम्भावना पनि रहेको संसद सचिवालयले जनाएको छ ।