खोटाङ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो ।
राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०६ चैत्र २०७७, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ