निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ

पत्रपत्रिकाबाट

मंगलबार, १३ चैत्र २०७४, ०७ : ४४
निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ

कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

निर्वाचनमा पार्टी परिचालन भएन, कम्युनिस्टले जस्तो नारा ल्याउन सकेनौँ, भारतको नाकाबन्दी भन्न सकेनौँ, सरकारमा बस्दा काम गर्न सकेनौँ । अर्कोतिर चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्– एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा ।

अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकर्तालाई के जवाफ दिने ? निर्वाचनमा हारको दोष सभापतिले लिनुपर्छ । मेरो भागमा कति पर्छ म पनि लिन्छु ।

प्रतिक्रिया दिनुहोस