काठमाडौं । चालू आर्थिक वर्ष २०७७-७८ को फागुन पहिलो सातासम्ममा कुल लक्ष्यको ५७ दशमलव ५२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको बजेटले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । जसमध्ये बिहीबारसम्ममा ५ खर्ब ८१ अर्ब ९२ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।
सात महिनाको अवधिमा सरकारले करबाट मात्र ५८ दशमलव ९२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार करबाट मात्र बिहीबारसम्ममा ५ खर्ब ३७ अर्ब ९४ करोड १५ लाख संकलन भएको छ ।
सरकारले कर राजस्वबाट ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख उठाउने लक्ष्य लिएको थियो । गैरकरतर्फबाट भने लक्ष्यको ४४ दशमलव ५१ प्रतिशत मात्र सफलता मिलेको छ । कुल ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्य रहेकामा ४३ अर्ब ९८ करोड २५ लाख मात्र उठेको छ ।
आर्थिक वर्ष २०७७(७८ को माघसम्म संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको कुल राजस्व ४ खर्ब ९२ अर्ब ३८ करोडको तुलनामा १ दशमलव २५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ५२ करोड पुगेको छ ।
कुल राजस्वमा कर राजस्व ४ खर्ब ५८ अर्ब १० करोड र गैरकर राजस्व ४० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ रहेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०६ चैत्र २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा धेरै हेरफेर : अन्तःशुल्कमा परिवर्तन
अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने
ट्रम्पले दोहोर्याए ब्रिक्स राष्ट्रहरूलाई शत प्रतिशत कर लगाउने धम्की
बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्
२३ अर्ब कर छलेको आशंकामा २३ सय फर्म अनुसन्धानको घेरामा