एमालेमा स्थानिय कमिटिसम्मै समानान्तर संगठन बनाउने खनाल नेपाल समुहको निश्कर्ष

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, ०७ : ५४
एमालेमा स्थानिय कमिटिसम्मै समानान्तर संगठन बनाउने खनाल नेपाल समुहको निश्कर्ष

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल पक्षले स्थानिय कमिटिसम्मै समानान्तर संगठनात्मक कमिटि बनाएर जाने निर्णय गरेको छ । काठमाडौंमा पुस ४ र ५ गते दुई दिने आफु पक्षिय राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर खनाल नेपाल समुहले पार्टीमा ओली प्रवृतिका विरुद्ध अन्तरसंर्घष गर्ने र स्थानिय कमिटिसम्मै समानान्तर संगठनात्मक कमिटि बनाएर जाने निर्णय गरेको हो ।

ओलीले भने अब पार्टीमा बहुकेन्द्र निर्माण गर्ने, समानान्तर गतिविधि गर्ने जस्ता काम गरे पार्टीमा संस्थागत रुपमा गुटका रुपमा नभई ब्यक्तीका रुपमा कारवाही प्रक्रिया अगाडी बढाएर लैजाने चेतावनी दिईरहेकै बेला खनाल नेपाल समुहले समानान्तर संगठन स्थानिय तहसम्मै बनाउने निर्णय लिएको हो । २०७५ जेठ २ मा पार्टी एकता पूर्वको सबै पार्टी संगठनको अवस्थामा जानुपर्ने र फागुन २८ को ओली पक्षले गरेको निर्णय खारेज गर्नुपर्ने मुख्य माग खनाल नेपाल समुहको छ । तर त्यो माग पूरा गराईदिने पक्षमा ओली समुह देखिएको छैन् । 

ओली पार्टी र सत्ता दुवैको प्रमुख हुँदा उनीमा महत्वाकांक्षा चरम रुपमा वढेको र ब्यक्तिबादी बनेको, चरम गुटवन्दी गरेको, मदन भण्डारी फाउन्डेसनका नाममा गुटका गतिविधि चलाएको, भ्रष्टाचारीलाई संरक्षण गरेको जस्ता आरोप खनाल नेपाल समुहले ओलीमाथी लगाउदै आएका छन् । ओलीले बोलाएको चियापान देखि संसदीय दलको बैठकसम्मै नगएको खनाल नेपाल समुह नवौं महाधिवेशन यताको समग्र विषयमा निर्मम समिक्षा गरेर अवको रणनीतिका बारेमा स्वेतपत्र बनाएर अगाडी जानुपर्ने पक्षमा राष्ट्रिय भेलामा छलफल भएको छ ।

ओली पक्षले कारवाहीको धम्की दिएपनि त्यसको कुनै प्रवाह नगरी खनाल नेपाल पक्षले कार्यकर्ता भेला गरेको थियो । आफैले एकताका लागि गरेको पहल मात्र सत्तामा पुग्ने भरयाङ मात्र बनाएको भन्दै असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले ओलीको ट्याक्टिस मात्रै पार्टी एकता भएको देखिएको बताएको छ ।

ओली पक्षले कारवाहीको धम्की दिएपनि त्यसको कुनै प्रवाह नगरी खनाल नेपाल पक्षले कार्यकर्ता भेला गरेको थियो । आफैले एकताका लागि गरेको पहल मात्र सत्तामा पुग्ने भरयाङ मात्र बनाएको भन्दै असन्तुष्टि जनाएको खनाल नेपाल पक्षले ओलीको ट्याक्टिस मात्रै पार्टी एकता भएको देखिएको बताएको छ । सर्वोच्चको फैसलापछि पार्टीको एकता बचाउनुपर्नेमा अध्यक्ष केपी ओलीले एमालेसमेत फुटाउन लागेको निष्कर्षसहित खनाल–नेपालपक्षका नेताहरुले राष्ट्रिय भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा पार्टीको आन्तरिक निर्णयदेखि बाह्य हस्तक्षेपसम्मका विषय समेटिएका छन् । ओलीले गत फागुन २८ गते गरेको निर्णय विधिसम्मत नभएको भन्दै त्यसलाई अस्वीकार गर्ने प्रस्ताव भेलाले पारित गरेको छ । 

‘सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टीको दर्ता खारेज गर्नुका साथै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसंगठन र पेसागत संगठन लगायत सबै संरचना उक्त दुई कम्युनिस्ट पार्टीहरूको एकीकरणपूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानुनसम्मत र पद्धतिसम्मत हुन्छ,’ पारित प्रस्तावमा उल्लेख छ, ‘यसको विपरीत सर्वोच्च अदालतको फैसलामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समयको उपयोग गर्दै तत्सम्बन्धमा पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक बोलाई छलफल गर्नुको साटो गत फागुन २८ गते आफ्नो गुटका सीमित व्यक्तिहरू बाहेकका केन्द्रीय कमिटी सदस्यहरूलाई कुनै जानकारी नगराई पार्टी विधान, पद्धति र एमालेको सिद्धान्त, नीति र अभ्यासविपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीका तर्फबाट भएका कथित निर्णय र कामलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।’

फागुन २८ का निर्णयहरू रद्ध गरेर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न भेलाले माग गरेको छ । तर ओली पक्षले नेपाल पक्षको कुराको कुनै सुनुवाई गर्न चाहेको छैन् । बरु उसले खनाल नेपाल पक्षका नेतालाई कारवाही गर्ने तयारीमा संसदीय बोर्ड गठन गरेको छ । एमाले संसदीय दलमा कुनै नेताले पार्टीको ह्वीप उल्लंघन गरेमा संसदीय बोर्डको सिफारिसमा पार्टीले कारवाही गर्न सक्ने प्रावधान छ ।

ओलीले खनाल र नेपाल सहितलाई राखेर हिजोको संसदीय दलको बैठकबाट संसदीय बोर्ड गठन गरेको छ । यो भनेको कारवाहीको प्रक्रिया अगाडी बढाउन थालिएको संकेतका रुपमा बुझ्नुपर्ने देखिएको छ । ओली पक्षले नेपाल पक्षको भेला, संसदीय दलमा नआउने नेताहरुका विषयमा नोटिस गरिएको ओली पक्षका नेता विशाल भट्टराईले बताए । उनले योजनाबद्ध गुटबन्दी गरेर बैठकमा नआउनेलाई नोटिस गरिएको र अब पनि सच्चिएर नआए कारवाहीको भागिदार बन्ने बताएका छन् । ओली पक्षले दिएको दिएको चेतावनीसँग नडराउने खनाल नेपाल समुहको निश्र्कष छ ।
 
 

प्रतिक्रिया दिनुहोस