४० वर्षदेखि भारतीय जेलमा बिताइरहेका नेपालीलाई फसाइएको खुलासा

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ चैत्र २०७७, ०६ : ४१
४० वर्षदेखि भारतीय जेलमा बिताइरहेका नेपालीलाई फसाइएको खुलासा

४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दीपक जैसी भनिने दुर्गाप्रसाद तिम्सिनालाई हत्याको झूटो आरोप लगाएर फसाइएको आफन्तले दाबी गरेका छन् ।

दुर्गाप्रसादका भाइ (काकाको छो रा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई झूटो मुद्दामा फसाएर जेल पठाइएको खुलासा भएको बताए ।

सन् १९८० मे११ मा दुर्गाप्रसादविरुद्ध दार्जिलिङ पुलिस कार्यालयमा जाहेरी दर्ता भएको थियो। दार्जिलिङका नैने घले नाम गरेका व्यक्तिले आफ्नी श्रीमतीको हत्यामा दाइलाई फसाएको प्रकाशचन्द्रले दाबी गरे। ‘ घलेले प्रहरीलाई दिएको जाहेरी फर्जी हो भन्ने कुरामा कुनै शंका छैन,’ प्रकाशचन्द्रले भने, ‘मनगढन्ते आरोप लगाएर फसाइएको देखिन्छ ।’ 

जाहेरीमा घलेले दाउरा खोज्न जंगल गएकी श्रीमती जनु गुरुङलाई दुर्गाप्रसादले निर्ममतापूर्वक हत्या गरेको उल्लेख गरेका छन्। ‘ जंगलमा नांगो, टाउको छिनेको, हात काटिएको अवस्थामा शव भेटियो। हत्यामा इलामबाट आएको नेपाली केटाको संलग्नता छ,’ जाहे रीमा भनिएको छ ।

प्रकाशचन्द्रका अनुसार मुद्दा दर्तापछि पीडक पक्ष सम्पर्कविहीन छ । ‘यो केसको फलोअपमा पीडक पक्ष कहिल्यै पुगेको छैन, तसर्थ यो फर्जी जाहेरी थियो भन्ने हाम्रो दाबी हो,’ उनले भने। २०१७ साउनमा जन्मेका दुर्गाप्रसाद २०३७ माघमा परिवारलाई खबर नगरी दार्जिलिङ पुगेका थिए । 

कोलकाता उच्च अदालतले बुधबार छाड्ने आदेश दिएपछि उनलाई लिन प्रकाशचन्द्र बिहीबार त्यहाँ पुगेका छन्। शुक्रबार अदालती प्रक्रिया पूरा गरेर उनलाई भाइको जिम्मा लगाइनेछ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस