प्रदेश २ : सरकारसँग तीन वर्षको खर्च माग्दै प्रदेश सभा

पत्रपत्रिकाबाट

मंगलबार, १३ चैत्र २०७४, ०७ : ३३
प्रदेश २ : सरकारसँग तीन वर्षको खर्च माग्दै प्रदेश सभा

प्रदेश सभा सचिवालयले आगामी तीन वर्षको अनुमानित खर्च प्रदेश सरकारसँग माग्ने तयारी थालेको छ । सचिवालयले प्रदेश सभा सदस्यहरूको तलब, बैठक भत्ता, घरभाडा र अन्य सेवासुविधाका लागि बजेट माग्ने तयारी गरेको हो ।

प्रदेश सरकारले नै सचिवालयलाई तीन वर्षको अनुमानित बजेट पठाउन भनेपछि आफूहरूले विवरण बनाइरहेको प्रदेश सभा सचिवालयका लेखा अधिकृत लालबाबु मिश्रले बताए । पहिलो चरणमा एक वर्षका लागि २० करोड ८१ लाख ६० हजार रुपैयाँ माग्न लागिएको उनले बताए । ‘अहिले एक वर्षका लागि माग्न लागिएको अनुमानित खर्च हो, यसमा थपघट हुन सक्छ,’ मिश्रले भने ।

सरकारले सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता तथा संसदीय दलका नेतालाई दिने तलब सुविधाबारे अहिलेसम्म निर्णय गरेको छैन । सभामुख, उपसभामुख, प्रदेश सभा सदस्य तथा सचिवालयका कर्मचारीको तलबमा मात्र अनुमानित चार करोड १७ लाख ८४ हजार खर्च हुने मिश्रले बताए ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस