चेल्सी च्याम्यिन्स लिग फुटबलको अन्तिम ८ मा

एजेन्सी

विहीबार, ०५ चैत्र २०७७, ०९ : १६
चेल्सी च्याम्यिन्स लिग फुटबलको अन्तिम ८ मा

एजेन्सी । इंग्लिस क्लब चेल्सी स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई स्तब्ध पारेर च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई २–० ले पराजित गरेर समग्रमा ३–० को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा चेल्सी १–० ले विजयी भएको थियो । बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीका लागि ३४ औँ मिनेटमा जियच र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा एमर्सनले गोल गरे । एथ्लेटिको मड्रिडका साभिक ८१ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस