काठमाडौं । श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् । स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो ।
खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ । खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ चैत्र २०७७, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप