घट्दो बजारमा 'सर्किट ब्रेकर' - लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

पत्रपत्रिकाबाट

मंगलबार, १३ चैत्र २०७४, ०६ : ५१
घट्दो बजारमा 'सर्किट ब्रेकर' - लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

सेयर बजारमा उच्च बिन्दुले घटेपछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नुपरेको छ । कारोवार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो ।  विहान ११ बजे कारोवार सुरु भएदेखि ने नेप्से परिसुचक निरन्तर आरोलो लागेको थियो ।

ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपालमा स्टक एक्चेन्जले सर्किट ब्रेकर लगाुनपरेको थियो । सर्किट ब्रेकर लगाएपछि सेयर करोवार १५ मिनेट बन्द भएको थियो ।  त्युपछि ११ बजेर ५५ मिजेनमा कारोवार सुरु भएको थियो ।

त्यसक्रममा नेप्से केही अंक बढे पनि टिक्न सकेन र पुनः ओरालो लाग्यो । अर्थमन्त्री युवराज अतिवडलो आईतबार विराटनगरमा सेयर बजार घट्नु स्वभाविक प्रक्रिया भएको अभिब्यक्ति दिएपनि त्यसै कारण बजार घट्न पुगेको लगानीकर्ताको भनाई छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस