प्रचण्डलाई किन भेट्न चाहन्छन् प्रधानमन्त्री ओली ?

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, ०७ : ५१
प्रचण्डलाई किन भेट्न चाहन्छन् प्रधानमन्त्री ओली ?

काठमाडौं । सोमबार एकाबिहानै प्रचण्ड आफ्नै पार्टीका नेताहरुसँग गफिँदै थिए । पार्टीको आन्तरिक संगठन मजबुत बनाउदैं जनता र कार्यकर्ताका बीचमा पार्टीलाई कसरी ब्यवस्थित बनाएर लैजाने भन्ने आन्तरिक छलफलमा उनी ब्यस्त थिए । त्यक्तिनै बेला प्रचण्डको मोवाइलमा घण्टी बज्यो । फोन थियो, बालुवाटारबाट प्रधानमन्त्री केपी ओलीको । झण्डै चार महिना चर्काे आरोप-प्रत्यारोप, त्यसपछि सर्वाेच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्ँयूतिएको अवस्था थियो । त्यसबीचमा ओली र प्रचण्डका बीचमा कुनै सम्वाद थिएन् । दुवै नेता आ–आफना रणनीतिमै व्यस्त बनेका थिए ।

प्रचण्डका लागि ओलीको टेलिफोन त्यसरी आउँछ भन्ने सोचिएको अवस्था थिएन् ।‘के छ ? भेटौं न एकपटक समय मिलाएर’ प्रचण्डलाई ओलीले सिधैं भेटका लागि प्रस्ताव गरे । तर प्रचण्डले ओलीसँग खास भेट्न रुची देखाएनन् । पार्टी बैठक चलिरहेकोले आफु अलि ब्यस्त रहेको प्रचण्डले जानकारी गराए । ‘होइन साँझ बिहान समय मिलाउन सकिहालिन्छ नी, भेटौंन एकपटक म तपाईसँग केही कुरा गर्न चाहन्छु ’ ओलीले दाहाललाई राखेको प्रस्ताव उदधृत गर्दै माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,–‘तपाईका आफ्ना कुरा होलान्, मेरा आफ्ना । कुरा गर्दैमा यही कुरा मान्नैपर्छ भन्ने पनि छैन् । तर तपाईसँग म केही कुरा गर्न चाहन्छु । एक पटक भेट गरौं ।’

गत पुस ५ गते प्रतिनिधीसभा विघटन गर्न मन्त्रिपरिषद्ले सिफारिस गर्न लागेको खबर पाउने बित्तिकै प्रचण्ड त्यसो नगर्न भन्दै ओली भेट्न बालुवाटार पुगेका थिए । तर ओलीले कसैका कुरा नसुनी असम्वैधानिक रुपमा प्रतिनिधीसभा विघटनको निर्णय लिए । यो बीचमा तत्कालिन नेकपा (जो अहिले एमाले माओवादीका रुपमा नै अदालतले ब्ँयूत्याईदिएको छ) कानुनी रुपमा विभाजन नभएपनि दुई समुहमा विभाजन भएको थियो । प्रचण्डसँग माधव नेपाल समुह पनि सँगै थियो । बहुमत सदस्य पार्टी र संसदीय दल दुवैमा प्रचण्डसँगै थियो ।

यो समुहले ओलीलाई स्पष्टिकरण सोध्दै पार्टी अनुशासन उल्लंघन गरेकोमा साधारण सदस्य समेतबाट निश्कासन गर्ने निर्णय गर्यो । अदालतमा प्रतिनिधीसभा विघटनको मुद्दा असम्वैधानिक भन्दै पुग्यो । निर्वाचन आयोगमा आफ्नो पार्टी आधिकारिक भएको भन्दै निवेदन बोकेर पुग्यो । वरिष्ठ नेता माधव नेपाललाई ओलीलाई हटाएर अर्काे अध्यक्ष बनाउने निर्णय लियो ।

प्रतिनिधीसभा पूर्नस्थापना पनि भयो । तर त्यही बीच अदालतले रिट निवेदकले माग दाबी नै नगरेको विषयमा पनि अगाडी बढेर राजनीतिक फैसला गरिदियो, नेकपाको एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्ँयूताईदिएर । त्यसपछि एमाले एमालेतिर र माओवादी माओवादी तिर हुने गरि पूर्व पार्टी नै अस्तित्वमा देखा पर्यो । प्रचण्डले माओवादी केन्द्रको दुई दिन यता केन्द्रीय समिति बैठक राखेर पार्टीका संगठनात्मक एकता बनाउने देखि आगामी कार्ययोजना बनाउने महत्वपूर्ण बैठक राख्ने काम थालनी गरिसकेका छन् ।

यो बीचमा ओली र प्रचण्डका बीचमा कुनै भेटघाट थिएन् । एकपटक प्रचण्ड पत्नी सीता दाहाल बिरामी भई अस्पताल बस्दा ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना भने गरेका थिए । त्यसबाहेक प्रत्यक्ष÷अप्रत्यक्ष कुनै सम्वाद थिएन । तर एक्कासी सोमबार ओलीले भेटौं न केही कुरा गर्नुछ भन्दै प्रचण्डलाई फोन गरेपछि किन रै छ ? भन्ने प्रश्न उठेको छ ।
 

प्रतिक्रिया दिनुहोस