काठमाडौं । मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा सर्लाहीको बयलबासबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–६, बयलबासका १६ वर्षीय ऐसान अन्सारी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति स्थानीय मुस्तुफा अन्सारीको प्रदेश २–०३–०१२ प २६०३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल घरबाटै हराएको थियो ।प्रहरीले खोजी गर्ने क्रममा उक्त मोटरसाइकल शनिबार बिहान घर नजिकैको नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा जलेको अवस्थामा फेला परेको थियो ।
घटनाबारे अनुसन्धान गर्दै जाँदा सो घटनामा मुस्तुफाकै काकाका छोरा ऐसानको संलग्नता देखिएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०३ चैत्र २०७७, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ