काठमाडौं । मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा सर्लाहीको बयलबासबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–६, बयलबासका १६ वर्षीय ऐसान अन्सारी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति स्थानीय मुस्तुफा अन्सारीको प्रदेश २–०३–०१२ प २६०३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल घरबाटै हराएको थियो ।प्रहरीले खोजी गर्ने क्रममा उक्त मोटरसाइकल शनिबार बिहान घर नजिकैको नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा जलेको अवस्थामा फेला परेको थियो ।
घटनाबारे अनुसन्धान गर्दै जाँदा सो घटनामा मुस्तुफाकै काकाका छोरा ऐसानको संलग्नता देखिएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०३ चैत्र २०७७, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ