आज राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाउने

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, ११ : ४६
आज राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् ।

राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए ।नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना छ । 

प्रतिक्रिया दिनुहोस