धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र ऋजयिचउजभलष्चबmष्लभ mबभिबतभम बलम अयमभष्लभ उजयकउजबतभ कथचगउ लेखिएको लागुऔषध सिसी थान–४० सहित सोही ठाउँका रामविलास चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले जानकारी दिए ।
निज चौधरीलाई पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०२ चैत्र २०७७, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ