काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच आज बिहान ११ बजे धुम्बाराहीस्थित एमालेको केन्द्रीय कार्यालयमा भेट हुने भएको छ ।
नेपालले धुम्बाराहीमा भेट्ने प्रस्ताव गरेपछि ओली पार्टी कार्यालयमा भेट्न तयार भएका हुन् । । सुरुमा ओलीले एक्लाएक्लै भेट्ने प्रस्ताव गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको उनीनिकट स्रोतले बताएको छ । त्यसपछि केही नेतासहित ओली र नेपालबीच भेट हुन लागेको हो ।
पछिल्लो समय एमालेमा चर्किको विवादका बीच दुई मुख्य नेताहरुको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीले आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । उच्च स्रोतका अनुसार राष्ट्रपति भण्डारी र ओलीबीच डेढ घण्टासम्म छलफल भएको थियो । त्यहीक्रममा
राष्ट्रपतिसँगको छलफल सकिएपछि ओलीले नेपाललाई फोन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
मतदाता भेटघाटका लागि आज फेरि झापामा जाँदै ओली
आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली