प्याजको सेवन धेरै गर्नुहुन्छ ? थाहा पाउनुहोस् प्याजले निम्त्याउँछ यस्ता समस्या

एजेन्सी

आइतबार, ०१ चैत्र २०७७, १३ : १८
प्याजको सेवन धेरै गर्नुहुन्छ ? थाहा पाउनुहोस् प्याजले निम्त्याउँछ यस्ता समस्या

काठमाडौं । हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग हुने प्याजका बेफाइदाहरु पनि छन् । 

प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने गर्छन् ।

कसैले प्याजलाई चटनी पनि बनाएर खाने गर्छन् । प्याजमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पदार्थहरु पाइन्छ ।

प्याजको बेफाइदा :

- प्याजमा अधिक मात्रामा फाइभर पाइन्छ । फाइभर शरीरका लागि फाइदाजनक हुन्छ । तर धेरै फाइबर खाँदा पेट दुख्ने समस्या आउन सक्ने भएकाले पेट दुखेको समयमा प्याज खानु हुँदैन । 

- काँचो प्याज खाँदा पचाउन गाह्रो हुन्छ । जसले गर्दा एसिडिटी र छात्ती पोल्ने समस्या आउन सक्छ । प्याजमा प्राकृतिक फ्ुटोक्स हुने भएकाले ग्यासको समस्या पैदा हुन्छ । 

- गर्भवती महिलाले प्याजको सेवन धेरै गर्नुहुँदैन । गर्भवती भएको समयमा प्याजको सेवन गर्दा छात्ती पोल्ने, डकार आउने, बान्ता आउने जस्ता समस्या आउँछन् ।

- अत्यधिक मात्रा प्याज खाँदा रगतमा चिनीको मात्रा कम हुने समस्या आउँछ । 

- काँचो प्याज खाँदा मुखमा दुर्गन्ध आउँछ । 

प्रतिक्रिया दिनुहोस