विदेशबाट फर्केका ५३९ ले मात्र पाए सस्तो ऋण

पत्रपत्रिकाबाट

आइतबार, ०१ चैत्र २०७७, ०८ : ०३
विदेशबाट फर्केका ५३९ ले मात्र पाए सस्तो ऋण

विदेशबाट फर्केकामध्ये करिब साढे ५ सय जनाले मात्र सहुलियत दरको युवा परियो जना कर्जा पाएका छन् ।

यो गत पुससम्मको तथ्यांक हो। जसअनुसार ५ सय ३९ जनाले यस्तो कर्जा पाएका छन्। सुरुमा ऋण प्राप्तिका लागि वैदेशिक रोजगार विभागमा परेको आवेदनको तुलनामा गत पुससम्म यो शीर्षकमा प्रवाह भएको र कम निकै कम हो।

रोजगारीका लागि बिदेसिएका नेपालीलाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सर कारले विदेशबाट फर्केका युवा परियोजना ऋण कार्यक्रम ल्याए पनि अपेक्षित ऋण प्रवाह हुन नसकेको खबर कान्तिपुरमा छापिएको छ ।

यो कर्जामा ऋणीले सरकारका तर्फबाट ५ प्रतिशत ब्याज अनुदान पाउँछन्। बैंकले पनि आधारदर (बेस रेट) मा अधिकतम २ प्रतिशतभन्दा धेरै थप्न पाउँदैनन्। यसरी तय भएको ब्याजदरमा ऋणीले ५ प्रतिशत घटाएर मात्र तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस