बजेट अभावले रोकियो तलब

पत्रपत्रिकाबाट

आइतबार, ०१ चैत्र २०७७, ०७ : ४४
बजेट अभावले रोकियो तलब

सुर्खेत । प्रदेश अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले दुई महिनाको तलब पाउन सकेका छैनन्।

अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीले माघ महिनादेखिको तलब नपाएको बताइएको छ। सामाजिक विकास मन्त्रालयले जनशक्तिको अभाव भएपछि प्रदेश अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्न ६१ जना स्वास्थ्यकर्मीलाई करारमा पदपूर्ति गरेको थियो। त्यसमध्ये अहिले ५१ जना स्वास्थ्यकर्मी प्रदेश अस्पतालमा कार्यरत छन्।

गत माघदेखि तलब नपाएको उनीहरूको गुनासो छ। विशेषज्ञ सेवा सञ्चालनका लागि प्रदेश अस्पतालले मन्त्रालयसँग दुई करोड ५० लाख रुपियाँको बजेट माग गरेको थियो। त्यसमध्ये ५० लाख मात्रै बजेट मन्त्रालयले पठाएको जनाइएको छ। 

उक्त रकमले साउन र भदौमा तलब खुवाएको  र अन्य महिनामा प्रदेश अस्पतालले अन्य शीर्षकबाट तलब खुवाए पनि पछिल्लो समय बजेट अभावमा अस्पतालले तलब खुवाउन नसकेको जनाएको छ। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस