काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललगायत उनी पक्षका एक दर्जन नेताहरुलाई अनुशासनको डण्डा लगाउने तयारी थालेका छन् ।
ओली समूहका एक नेताका अनुसार नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेका हुन् । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरी गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप लगाउँदै ओली माधव नेपाललगायतलाई अनुशासनको डण्डा लगाउन अन्तिम तयारीमा जुटेका छन् ।
ओलीले शुक्रबारै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने तर्क गरेपछि ओली एक कदम पछाडि हटेका थिए । ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेपछि एमालेको आन्तरिक शक्ति संघर्ष चुलीमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह