इटलीमा फेरि फैलियो कोरोना, रेष्टुराँदेखि विद्यालयसम्म बन्द

एजेन्सी

शनिबार, २९ फागुन २०७७, १० : २८
इटलीमा फेरि फैलियो कोरोना, रेष्टुराँदेखि विद्यालयसम्म बन्द

इटली । कोरोना महामारीको पहिलो लहरमै निकै क्षति ब्यहोरेको इटलीमा भाइरस फेरि फैलिएको छ। मानिसहरू धमाधम संक्रमित हुन थालेपछि त्यहाँको सरकारले रेष्टुराँदेखि विद्यालयसम्म बन्द गर्न लागेको छ।

देशका धेरैजसो ठाउँमा मानिस जमघट हुने क्रम ह्वात्तै घटेको छ। प्रधानमन्त्री मारिओ द्राघीले महामारी फैलनसक्ने चेतावनी दिइसकेका छन् ‌। मुख्य पर्व इस्टर मनाउन लागिरहँदा अप्रिल ३ देखि ५ तारिखसम्म विद्यालय, रेष्टुराँ र पसलहरू बन्द रहनेछ।

३२ लाख संक्रमित र एक लाखभन्दा धेरै मानवीय हताहति ब्यहोरेको इटलीमा अवस्था अझै सामान्य भइसकेको छैन। महामारीकै कारण त्यहाँ खोप अभियानसमेत राम्ररी सञ्‍चालन गर्न नसकिएको बीबीसीमा उल्लेख छ। हाललाई अक्सफोर्ड(एस्ट्राजेनिका खोप लगाउन बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस