काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी ढंगले पार्टीमा जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको माधव नेपाल समूहले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ ।
भेलामा ओलीको कदमपछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरी निष्कर्षमा पुगिने एक नेताले बताए । शुक्रबार बैठक राखेरओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरुको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए ।
यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउँनुका साथै जिम्मेवारी समेत दिएका छन् ।
ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल