काठमाडौं । प्रधानमन्त्री ओलीले आफुखुसी निर्णय लिनखोजेपछि नेपाल–खनाल समूहको आकस्मिक बैठकले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।
ओली अध्यक्ष रहेको नेकपा एमालेमै समाहित भएर आगामी राजनीतिलाई अघि बढाउने निर्णय लिएपछि पनि ओली समूहले वेवास्ता गरी उक्त समूहको छुट्टै बैठक बसी आगामी मंसिरभित्र पार्टि महाधिवेशन गरिसक्ने निर्णय गरेपछि नेपाल समूहले एमाले समानान्तर कमिटि गठन गर्ने निर्णय गरेको हो ।
नेपाल समूहको स्थाई समिति तथा केन्द्रिय समीतिमा ओली समूहको एमालेको हाराहारी संख्या भएपछि ओली आत्तिन पुगेका छन् । तर, नेपाल समूहले एउटै पार्टी बनाएर जाने र पार्टीभित्र विचार संघर्ष चलाउने स्पष्ट निर्णय लिइसकेको छ । यहि कारणले पनि ओलीे नेपाल समूहलाइ पार्टीभित्र भित्रयाउन अनिच्छुक देखिएका छन् ।
नेपाल समूहलाई पाखा राखेरै महाधिवेशनमा जाने ओलीको संंकेत प्रष्ट देखिन्छ । तर, पनि आफूले जिन्दगीभर एमाले बनाउन काम गरिरहेको र आफ्नो जीवनको सारा समय एमालेमा बिताएका हुनाले ओलीलाई एक्लै एमालेको नाममा हालिमुहालि गर्न नदिन समानान्त कमिटि खोलेर भएपनि एमालेलाई नै अघि बढाउने नेपाल समूहको जोड देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह