काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
खोप खरिदमा सुशासनको पक्ष चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले भने, ‘कमिसन एजेन्ट बलिया हुँदा रहेछन् । तर हामी खोप खरिदमा कमिसन दिनेवाला छैनौं ।’ मन्त्री त्रिपाठीले यसअघि सेरमबाट सहुलियत मूल्यमा प्रतिडोज ४ अमेरिकी डलरमा खोप उपलब्ध भएको तर अबको खरिदमा प्रतिडोज खोपको मूल्य ५ र ६ अमेरिकी डलर पर्न सक्ने बताए ।
उनले सरकारले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई एकदुई दिनमै सहभागी गराउन लागेको पनि बताए । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ फागुन २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन