काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । एमालेले देशव्यापीरुपमा पार्टी कार्यालयको उद्घाटनको अभियान नै चलाएको छ । पार्टी पुनर्मिलनको वैधानिक थलो मानिएको पार्टी कमिटीको बैठक भने बस्न सकेको छैन ।
पार्टी ब्युँतिएपछि माओवादी केन्द्रसँग अलग भएर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीमै फर्किसकेका छन् । पार्टी ब्युतिएसँगै खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई नै बाँकी कार्यकाल निरन्तरता दिने निष्कर्षसमेत निकालिसकेका छन् ।
खनाल–नेपाल समूहले अन्य दलसँग भन्दा पनि माओवादी केन्द्रसँग वाम गठबन्धन बनाएर जानुपर्ने निष्कर्ष निकालेको छ । पार्टी अगल–अगल भए पनि माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिँदै आएको समर्थन कायमै राखेको छ । सर्वोच्चको फैसलापछि एमालेभित्रको पहिलो पुनर्मिलन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा देखिए पनि पार्टीको स्थायी समिति बैठक बोलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले इन्छा नदेखाउँदा खनाल–नेपाल समूह असन्तुष्ट बनेको छ ।
नेकपा एमालेमा पार्टी मिले पनि मन मिल्न गाह्रो भइरहेको छ ।पार्टी भंग गरेर नेकपा बनाए पनि अदालतले पुनः एमाले नै ब्युँताउने फैसला कार्यान्वयमा आइसक्दा समेत पार्टी कमिटीको बैठक नबोलाउनुलाई खनाल–नेपाल समूहले अर्थपूर्णरुपमा लिएको छ । सो समूहले आफू पक्षीय स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसदहरुसँग परामर्श गरेर छिटो बैठक बोलाउन दबाब दिएको छ ।
तर एमालेको शीर्ष तहमा अहिलेसम्म कुनै पनि औपचारिक संवादले प्रवेश पाएको छैन । पार्टी कमिटीको बैठक बोलाउने भन्दा पनि अध्यक्ष ओली विगतमा आफूलाई साथ दिने गृहमन्त्री रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउने गृहकार्यमा लाग्नुले खनाल–नेपाल पक्षलाई थप सशंकित बनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी