काठमाडौं। नेकपा एमाले व्युतिएसँग एमालेभित्र रहेके केपी ओली समूह र माधव नेपाल समूहबीच गुटगत भेला हुन थालको छन् । ओली समूहले नेपाल समूहलाई छलफलमा हालसम्म बोलाएको छैन भने नेपाल पक्षले आफू निकटका स्थायी समितिसँग छलफल गरिरहेको छ । माधव पक्ष स्थायी समिति सदस्यबीच बानेश्वरको एक होटलमा जारी छलफलमा एमालेभित्र अपनाउने रणनीतिबारे छलफल भइरहेको छ ।
स्थायी समितिमा नेपालको पक्षमा ११ सदस्य छन्। दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन्।
वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन्। ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन्।
नेपालले बुधबार पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेका थिए। भेलाले वामपन्थी सरकारको निरन्तरता, एमाले एक ढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति माधव पक्षले बनाएको छ । सर्वोच्च अदालले एमाले ब्युँत्याइदिएपछि पनि ओली समूह र नेपाल समूहबीच छलफलसमेत भएको छैन। आफू पक्षका गुटगत भेला भइरहेका छन्, जसका कारण एमालेमा पनि दुई धारको रस्साकस्सी बढी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी