काठमाडौं। नेकपा एमाले व्युतिएसँग एमालेभित्र रहेके केपी ओली समूह र माधव नेपाल समूहबीच गुटगत भेला हुन थालको छन् । ओली समूहले नेपाल समूहलाई छलफलमा हालसम्म बोलाएको छैन भने नेपाल पक्षले आफू निकटका स्थायी समितिसँग छलफल गरिरहेको छ । माधव पक्ष स्थायी समिति सदस्यबीच बानेश्वरको एक होटलमा जारी छलफलमा एमालेभित्र अपनाउने रणनीतिबारे छलफल भइरहेको छ ।
स्थायी समितिमा नेपालको पक्षमा ११ सदस्य छन्। दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन्।
वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन्। ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन्।
नेपालले बुधबार पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेका थिए। भेलाले वामपन्थी सरकारको निरन्तरता, एमाले एक ढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति माधव पक्षले बनाएको छ । सर्वोच्च अदालले एमाले ब्युँत्याइदिएपछि पनि ओली समूह र नेपाल समूहबीच छलफलसमेत भएको छैन। आफू पक्षका गुटगत भेला भइरहेका छन्, जसका कारण एमालेमा पनि दुई धारको रस्साकस्सी बढी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो आह्वान
एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?
महाधिवेशनबारे सम्पादकहरूसँग संवाद गर्दै ओली
घरदैलोमा पुगेर एमालेले दिन थाल्यो महाधिवेशनको निम्तो
एमाले महाधिवेशन : चितवनको पूनरावृत्ति गराउने ओलीको तयारी
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो