काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिविरुद्ध मर्न पनि तयार भएरै १९ पृष्ठको लामो राजनीतिक प्रस्तावबाट प्रहार गरेको बताएका छन् ।
आज पार्टी निकट नयाँ स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले ओलीसँग मिलेर अघि बढ्न सकिँदैन भनेर नै जानीबुझी राजनीतिक प्रतिवेदनमार्फत प्रहार गरेको बताए ।
प्रचण्डले भने, ‘केपी प्रवृत्तिविरुद्ध जानीबुझी, फेरि जेल जान पनि तयार मर्न पनि तयार भएरै प्रहार गरेको हो।’ उनले युद्ध भनेर अहिले हिंसात्मक युद्ध गर्ने अवस्था नरहेको शान्तिपूर्ण युद्ध चलिरहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र, खारेज गर्ने षड्यन्त्रविरुद्ध देश व्यापी लड्न प्रचण्डले आह्वान गरेका छन् ।
उनले अब फेरि आफ्नै खुट्टामा उभिने बेला आएको र त्यसका लागि देशव्यापी अभियान चलाउने बताए । प्रचण्ड अब आफू काठमाडौँ कम र जनताको घरदैलोमा बढी जाने सोचमा पुगेको जानकारी दिए। ‘फेरि आफ्नै खुट्टामा उभिने बेला भएको छ। देशव्यापी अभियान चलाउनेतिर सोचिरहेको छु, दाहालले भने, ‘फेरि दुई चार वर्ष जनताको बीचमा जाने सोचिरहेका छु। काठमाडौँमा नबस्ने सोच बनाएको छु। हाम्रा विरुद्ध षड्यन्त्र भएको छ। हिजो सबै वर्ग तत्वका विरुद्ध लडौँ त्यसैगरी आफ्नो खुट्टामा उभिनै पर्छ।’
दाहालले भने, ‘जनयुद्ध सुरु गर्ने बेला म ४३ बर्षको थिए। अहिले ६७ वर्षको भएँ फेरि अब एकपटक लड्छु। क्रान्ति छाड्ने वाला छैन। हामीले जित्नै पर्छ। जित्छौँ।’विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनले बताए । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।’
नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् । ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना