पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन,बेलुकीसम्म करिब आठ लाख भक्तजनले दर्शन गर्ने अनुमान

रासस

विहीबार, २७ फागुन २०७७, १३ : १०
पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन,बेलुकीसम्म करिब आठ लाख भक्तजनले  दर्शन गर्ने अनुमान

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ ।

बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस