छिट्टै सुरू हुन्छ मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा: प्रधानमन्त्री  ओली

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १२ : ४७
छिट्टै सुरू हुन्छ मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा: प्रधानमन्त्री  ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै सुरू गर्ने बताएका छन्। विश्व मिर्गौला दिवसमा बिहीबार आयोजित प्रभातफेरिमा प्रधानमन्त्री ओलीले केन्द्र स्थापना गरेर विशेषज्ञ सेवा छिट्टै प्रारम्भ गर्ने बताए।

‘मिर्गौला रोगको विशेषज्ञ सेवाका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो भनाइ हो। यो रोग जोजसलाई पनि हुन सक्ने भएकोले सब जना सजगसमेत हुनुपर्छ,’ उनले भने, ‘नेपालमै विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुन्छ।’

आफूले पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा सेवा नभएकोले आफू विदेश जानुपरेको उनले बताए। तर दोस्रोपटक भने नेपालमै सेवा लिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस