एक घण्टा पशुपतिनाथ मन्दिरको ढोका बन्द हुने

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : २०
एक घण्टा पशुपतिनाथ  मन्दिरको ढोका बन्द हुने

काठमाडौं । नित्य पुजाका लागि मध्यान्नमा पशुपतिनाथ मन्दिरको ढोका एक घण्टा बन्द हुने भएको छ । पशुपति विकास कोषका अनुसार १२ बजे देखि नित्य पुजा हुने भएकाले पुजा अवधिभर एक घण्टा सबै ढोका बन्द हुने जनाएको हो । 

ढोका बन्द हुदाँ दर्शनार्थीले दर्शन गर्न पाउने छैन तर त्यतिखेर पनि भक्तजनहरुको लाईन भने जारीनै रहने छ। पशुपतिमा विहान १० बजेसम्म डेढलाखले दर्शन गरिसकेका छन् । महाशिवरात्रीको उपलक्ष्यमा आज पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुईंचो लागिरहेको छ। आज विहान १० बजेसम्ममा करिव १ लाख ५० हजार भक्तजनहरुले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति विकास कोषले जनाएको छ।

आज बिहान ४ बजेदेखि पशुपतिनाथको दर्शनकालागि ढोका खोलिएको थियो। कोभिडका कारण बिगत वर्षहरुको तुलनामा यस वर्ष भक्तजनहरुको संख्या कम भएको पाईएको छ। पशुपति दर्शनकालागि बृध्द बृध्दाहरुलाई लाईननै बस्न नपर्ने ब्यबस्था गरिएको छ। उनिहरुलाई स्वंयसेवकहरुले दर्शन गर्न लगेर फर्काउने गरेका छन।

 पशुपति दर्शनकालागि आज दिउँसो ३ बजेदेखि ५ बजे भित्र राष्ट्रपति र उपराष्ट्रपति आउन सक्नु हुने कोषका पदाधिकारीले अनुमान गरेका छन। तर त्यो समय निश्चित भैसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको पशुपति आगमनको भने हालसम्म कुनै कार्यक्रम बनेको छैन। यसैगरी बिगत वर्षहरु जस्तो पुर्व राजाको पशुपति आगमन बारे पनि हालसम्म कुनै सुचित नगरिएको कोषले जनाएको छ। 

पशुपति आउँदा सकभर केटाकेटी नल्याउन तथा अमुल्य गरगहना लगाएर नआउन पनि कोषले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस