काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न जनता समाजवादी पार्टीका नेताहरु पेरिसडाँडा पुगेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पबारे छलफल गर्न उनीहरु पेरिसडाँडा पुगेका हुन् । पेरिसडाँडामै पुगेर जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रचण्डसँग छलफल गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’का अनुसार करिब एक घण्टा भएको छलफल सरकार कसरी बनाउने भन्ने विषयमा केन्द्रित भएको थिया ।
जसपाका नेताद्वय ठाकुर र महतो तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिन सकारात्मक हुन नसकिने प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्रले सरकारप्रतिको समर्थन फिर्ता लिएको अवस्थामा ओली नेतृत्वको सरकार अल्पमतमा पर्दछ । १२१ सांसद रहेको एमालेका लागि सरकार टिकाउन कम्तीमा पनि १५ सांसदको आवश्यकता पर्दछ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहकार्य भएमा संसदबाट नयाँ सरकार गठन हुन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन