काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न जनता समाजवादी पार्टीका नेताहरु पेरिसडाँडा पुगेका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पबारे छलफल गर्न उनीहरु पेरिसडाँडा पुगेका हुन् । पेरिसडाँडामै पुगेर जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रचण्डसँग छलफल गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’का अनुसार करिब एक घण्टा भएको छलफल सरकार कसरी बनाउने भन्ने विषयमा केन्द्रित भएको थिया ।
जसपाका नेताद्वय ठाकुर र महतो तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिन सकारात्मक हुन नसकिने प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्रले सरकारप्रतिको समर्थन फिर्ता लिएको अवस्थामा ओली नेतृत्वको सरकार अल्पमतमा पर्दछ । १२१ सांसद रहेको एमालेका लागि सरकार टिकाउन कम्तीमा पनि १५ सांसदको आवश्यकता पर्दछ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहकार्य भएमा संसदबाट नयाँ सरकार गठन हुन सक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो
जनयुद्ध दिवसमा प्रचण्डको अपिल: 'राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ'
नेपाललाई युक्रेन बनाउने मिसनबाट जोगायौँ : प्रचण्ड
‘फेरि काँग्रेस-एमालेसँग मिल्ने गल्ती दोहोर्याउँदिनँ’: प्रचण्ड
नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहितको शक्ति नेकपा : ‘प्रचण्ड’