काठमाडौं । सेयर बजार परिसूचक नेप्से ३.४ अंकले घटेको छ । बुधबार दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घट्न पुग्यो ।
साताको पहिलो दिनदेखि निरन्तर घटेको कारोबार रकममा बुधबार पनि संकुचन देखिएको छ यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ ।
बुधबार २०५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । जुन मंगलबारको तुलानमा धेरै कम हो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो ।
लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । बुधबार चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहे भने रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त वित्तिय संस्था, शिखर इन्स्योरेन्सका लगानीकर्ताको बजारबाट ४ प्रतिशतसम्म नोक्सानी ब्यहोरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट