कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मेवारी प्रचण्ड र श्रेष्ठलाई

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १५ : २३
कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मेवारी प्रचण्ड र श्रेष्ठलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल सदस्य रहेको कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस