जहाँ हुन्छ दैनिक २० घण्टा लोडसेडिङ

पत्रपत्रिकाबाट

बुधबार, २६ फागुन २०७७, ०८ : १३
जहाँ हुन्छ दैनिक २० घण्टा लोडसेडिङ

हुम्ला । सदरमुकामसमेत रहेको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ। जसका कारण यहाँका व्यवसायी मर्कामा परेका छन् । पानीको स्रोत कम भएर उत्पादन थोरै हुँदा लोडसेडिङ भएको हो । 

हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा व्यवसाय धरापमा परेको फर्निचर व्यवसायी दशरथ रावतले बताए ।  विद्युत् नभएपछि फर्निचरका कामदार खाली बस्नु परेकाले पनि व्यवसाय ठप्प रहेको जानकारी उनले दिए ।  सिमकोटमा फर्निचर व्यवसाय सातवटा भएकोमा लोडसेडिङ बढेपछि ती सबै बन्द छन् ।

त्यसैगरी मोबाइल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नुपरेको नन्द मोबाइल सेन्टरका नन्द सिंहले बताए ।  दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राति आउने भएका कारण मर्मतका लागि आउने काम फिर्ता पठाउनुपर्ने बाध्यता रहेको जानकारी उनले दिए ।

हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउसका लागि पानीको स्रोत कमी हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस