‘जनता समाजवादी पार्टी’ टुक्रयाउन प्रधानमन्त्री ओली फेरि सक्रिय

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, ०८ : ०२
‘जनता समाजवादी पार्टी’ टुक्रयाउन प्रधानमन्त्री ओली फेरि सक्रिय

काठमाडौं । सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री अरुको पार्टीभित्र चलखेलमा लाग्नु सुहाउने विषय होइन । अझ अरुको पार्टी विभाजन गर्ने, फोड्ने र अस्थिरता निम्त्याउने काममा प्रधानमन्त्री भएको ब्यक्ति लाग्नु नै नहुने हो । तर केपी ओलीका लागि देशको कार्यकारी पद प्रधानमन्त्रीको कुर्सीमा बसेर के गर्न ठिक हुन्छ, हुदैन् ? केही हेक्का छैन् ।

उनी अरुको राजनीतिक पार्टी फोड्ने काममा लागेको लाग्यै छन् । आफनो सत्ता संकट टार्नका लागि उनले वैध÷अवैध जुनुकनै हर्कतमा समेत झर्न तयार हुन्छन भन्ने उनका गतिविधिले देखाउँदै लगेका छन् । गत वैशाखमै पार्टी विभाजन अध्यादेश ल्याएर ओलीले आफ्नै दल मात्र होइन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) लाई नै फुटाउने चेष्टा गरेका थिए ।

त्यसका लागि आफनो सरकारी निवासमा गुप्त योजना बनाई प्रहरीको महानिरीक्षक भईसकेका सर्वेन्द्र खनाल देखि आफ्ना विश्वासप्राप्त सांसद महेश बस्नेत सम्मलाई सासद अपहरणका लागि काठमाडौं देखि मधेस सम्म पठाउने काम गरेका थिए । त्यसबेला उनको त्यो मिसन सफल हुन सकेन् । प्रधानमन्त्री ओलीले अर्काको पार्टी विभाजन गराउनका लागि अध्यादेश ल्याउने देखि सांसद अपहरण सम्मका घटना घटाएको भन्दै निक्कै आलोचना बढेको थियो । अहिले ओलीले फेरि त्यही शैली अवलम्वन गर्न खोजेका छन् ।

आफनो सत्ता टिकाउनका लागि उनलाई अपुग रहेको १८ सिट का लागि ओलीले अहिले फेरि जनता समाजवादी पार्टी (एक वर्ष अगाडी पार्टी फुटाउने काममा प्रधानमन्त्री नै लागेपछि रातारात एकताबद्ध भएका (समाजवादी र राजपा) लाई फुटाउने योजनामा उनले बालुवाटारमा बसेर गुप्त योजना बुनिरहेका छन् । ओलीले अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्ँयूताईदिएकै दिन राती जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर त्यो प्रयास गरेका हुन् ।

आफनो सत्ता टिकाउनका लागि उनलाई अपुग रहेको १८ सिट का लागि ओलीले अहिले फेरि जनता समाजवादी पार्टी (एक वर्ष अगाडी पार्टी फुटाउने काममा प्रधानमन्त्री नै लागेपछि रातारात एकताबद्ध भएका (समाजवादी र राजपा) लाई फुटाउने योजनामा उनले बालुवाटारमा बसेर गुप्त योजना बुनिरहेका छन् । ओलीले अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्ँयूताईदिएकै दिन राती जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर त्यो प्रयास गरेका हुन् ।

ओलीको त्यस्तो प्रयासका कारण अहिले जसपाभित्र रडाको मच्चिएको छ । महन्थसँग प्रधानमन्त्रीले आफुलाई सरकारमा सहयोग गर्न आग्रह गर्दै रेशम चौधरीलाई रिहाई गर्न तयार रहेको, संविधान संसोधनका लागि पनि तयार रहेको, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न तयार रहेको, संसदमा उपसभामुख पनि दिन तयार रहेको र प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सम्ममा सत्ता साक्षेदारी गरेर जान तयार रहेको सम्मको प्रस्ताव गरेको बालुवाटार निकट स्रोतले बताएको छ । 

जवाफमा ओलीले आवश्यक परे पार्टी विभाजन गरेरै भएपनि आउनुस्, आवश्यक सहयोग म गर्न तयार छु भन्दै महन्थ ठाकुरसँग प्रस्ताव राखेका छन् । जसपामा पूर्व राजपा र समाजवादी धारका नेताहरुका बीचमा अन्तरसंर्घष छ । यही अन्तरसंर्घष बुझेर नै प्रधानमन्त्री ओलीले उक्त पार्टीभित्रका महन्थ र राजेन्द्र महतो पक्षलाई टुक्रयाउन चाहेका छन् । ठाकुरसँगको भेटमा सत्ता साक्षेदारीका विषयमा छलफल गर्न ओलीले गोप्य रुपमा कार्यदल समेत बनाईसकेका थिए ।

आफ्नो तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा जसपाभित्रबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण रहेको कार्यदल बनाएर ओली र महन्थले सत्ता समिकरणको लागि छलफल गराएका थिए । यो टोलीले बालुवाटारमा गएर एक चरण छलफल समेत गरिसकेको थियो । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कुनै जानकारी सम्म नदिई गोप्य रुपमा भएका यी घटनाक्रम सार्वजनिक भएपछि अहिले जसपामा थप नयाँ अन्तरकलह शरु भएको छ । शुरुमा कुनै विषय सार्वजनिक नगरेको बालुवाटारले जसपालाई विभाजन गर्न अहिले आफैले महन्थहरुसँग समझदारी बनिसकेको, भागवन्डा मिलसिकेको र कार्यदल बनेको एक्सपोज गराईदिएको छ । 

यसले जसपाभित्रको रडाको मच्याएर पार्टी टुक्राउने योजना बालुबाटारमा बसेर प्रधानमन्त्री ओलीले गरिरहेका छन् । जसपाभित्रको पूर्व राजपा महन्थ र राजेन्द्र महतोहरुसँग १७ जना सांसद छन् । ओलीले ति सांसदलाई साथ लिने योजना बनाएका छन् । त्यस्तै अपुग सांसद जसपा भित्रको पूर्व समाजवादी तर्फका इस्तियाक राई लगायतलाई साथ लिने रणनीति बनाएका छन् । तत्कालीन समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट सांसदहरू मो. इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा लगायतले छुट्टै दल गठनको प्रयास एक वर्ष अगाडी नै ओलीकै धापमा गर्ने प्रयास गरेका थिए ।

ओलीको यो मिसन सफल भए उनले आफनै नेतृत्वमा सरकार टिकाईरहने गुप्त योजना बनाएका छन् । राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्रीले अर्काको दल विभाजनमा खेल्न खोजिरहेको यस्तो प्रयास लोकतान्त्रिक ब्यवस्थामा निचताको पराकाष्ठाको रुपमा ब्याख्या गर्छन् । आफनो सत्ता स्वार्थका लागि प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्तो घृणा जन्य काम गर्नु सुहाउने विषय होइन, राजनीतिक विश्लेषकहरुले भने,–ओली लाई जे पनि गर्ने छुट कहिले सम्म हुने हो ?’

प्रतिक्रिया दिनुहोस