काठमाडौं । हुन नसकेको चुनावका तयारीमा निर्वाचन कार्यालय बैतडीले करिब ५ लाख रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि निर्वाचन कार्यालयले तयारी थालेको थियो ।
आयोगले विभिन्न शीर्षकमा ५ लाख १५ हजार रुपैयाँ जिल्ला निर्वाचन कार्यालय बैतडीलाई पठाएको थियो । उक्त रकममध्ये ५ लाख १० हजार ५ सय ७० रुपैयाँ खर्च भएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए । सरकारले निर्वाचन घोषणा गरेपछि तयारीस्वरूप उक्त रकम खर्च भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका लेखापाल भानदेव जोशीले बताए ।
कार्यालयका कर्मचारीको प्रोत्साहन भत्ता र गाडी मर्मतमा मात्रै ५ लाख रुपैयाँ बढी खर्च गरिएको जोशीले जानकारी दिए । सरकारले चुनाव घोषणा गरेपछि मतदाता नामावली अध्यावधिक, मतदान केन्द्रहरूको अवलोकन गर्ने काम, आचारसंहितालगायतको आन्तरिक तयारी, कार्यालयको तयारी, उपकरण मर्मत सम्भारलगायत काम गरेको थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ फागुन २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा निर्वाचन : देशभर १० हजार ९६७ मतदान स्थल कायम
निर्वाचन हुन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
निर्वाचन आचारसंहितामा कडाई गर्ने तयारी, यस्ता छन् नयाँ प्रस्तावित प्रावधान
निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना