काठमाडौं । हुन नसकेको चुनावका तयारीमा निर्वाचन कार्यालय बैतडीले करिब ५ लाख रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि निर्वाचन कार्यालयले तयारी थालेको थियो ।
आयोगले विभिन्न शीर्षकमा ५ लाख १५ हजार रुपैयाँ जिल्ला निर्वाचन कार्यालय बैतडीलाई पठाएको थियो । उक्त रकममध्ये ५ लाख १० हजार ५ सय ७० रुपैयाँ खर्च भएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए । सरकारले निर्वाचन घोषणा गरेपछि तयारीस्वरूप उक्त रकम खर्च भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका लेखापाल भानदेव जोशीले बताए ।
कार्यालयका कर्मचारीको प्रोत्साहन भत्ता र गाडी मर्मतमा मात्रै ५ लाख रुपैयाँ बढी खर्च गरिएको जोशीले जानकारी दिए । सरकारले चुनाव घोषणा गरेपछि मतदाता नामावली अध्यावधिक, मतदान केन्द्रहरूको अवलोकन गर्ने काम, आचारसंहितालगायतको आन्तरिक तयारी, कार्यालयको तयारी, उपकरण मर्मत सम्भारलगायत काम गरेको थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २६ फागुन २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज